Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा प्राणीधान मोन्लम पूजा सुरु

लुम्बिनीमा प्राणीधान मोन्लम पूजा सुरु

  • 2.0K
    SHARES

  • लुम्बिनीमा प्राणीधान मोन्लम पूजा सुरु

    बुटवल, माघ ११ । 

    बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक गतिविध प्रवद्र्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी बिहीबारदेखि प्राणीधान मोन्लम पूजा सुरु भएको छ । महायाना अन्तर्गत महागुरूको स्मृतिमा विश्व शान्तिको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि पाँचदिने पूजा शुरु भएको हो । 

    पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य खेन्पो छिमे डा. ल्हारक्याल लामाले शुभारम्भ गरे । उनले कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्य जस्तो भएको अवस्थामा आफू नेतृत्वमा आएपछि मोन्लम पूजालाई प्राथमिकता दिएको बताए । उनले यो वर्षमा मात्रै पाँचवटा मोन्लम पूजा गरिएको बताउँदै अर्को वर्ष यसलाई वृद्धि गर्ने बताए । 

    लुम्बिनी पुण्य भूमि भएकाले महायाना परम्पराका बौद्धिष्टहरु पूजा गर्न इच्छुक हुने भएकाले कोषकातर्फबाट वातावरण बनाउने काम भइरहेको छ । पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाको कामना गरिने उनले बताए । महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष डा। लामा सहित प्रख्यात रिम्पोछेहरु छोग्न्यी रिपोन्छे, टुंगो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छे सहभागी छन् । 

    यसका साथै रिपोछेहरुसहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पूजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।  

    मोल्नम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली समेत सहभागी छन् । उनी मोल्नम पूजा अवधिभर सहभागी हुनेछन् । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायान परम्परामा निकै ठूलो महत्व छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ ।

    लुम्बिनीमा आयोजना हुने यस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटकहरु आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology