Logo बुधवार, श्रावण १३ गते २०८३
images

राप्तीको पुलबाट नदीमा बस खस्यो,मृतक १२ मध्ये ८ जनाको सनाखत

राप्तीको पुलबाट नदीमा बस खस्यो,मृतक १२ मध्ये ८ जनाको सनाखत

  • 1.9K
    SHARES

  • राप्तीको पुलबाट नदीमा बस खस्यो,मृतक १२ मध्ये ८ जनाको सनाखत

    बुटवल,पुस २८ ।

    दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका १२ जना मध्ये ८ जनाको सनाखत भएको छ ।

    बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–१ मा साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।accc.jpg

    मृतक १२ जना मध्ये  २ भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

    मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०-३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ–९ का ४० वर्षीय मुनबहादुर रावत,  बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे,  भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

    बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology