Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

ग्लु थेरापी ग्यास्ट्रिक भेरिसेजबाट रगत बग्ने समस्याको उपचार गर्दै ग्याष्ट्रो सेन्टर

ग्लु थेरापी ग्यास्ट्रिक भेरिसेजबाट रगत बग्ने समस्याको उपचार गर्दै ग्याष्ट्रो सेन्टर

  • 6.3K
    SHARES

  • ग्लु थेरापी ग्यास्ट्रिक भेरिसेजबाट रगत बग्ने समस्याको उपचार गर्दै ग्याष्ट्रो सेन्टर

    बुटवल,पुस १० ।

    बुटवल ६ मा रहेको ग्याष्ट्रो सेन्टरमा ग्लु थेरापी ग्यास्ट्रिक भेरिसेजबाट रगत बग्ने समस्याको उपचार गरिएको छ ।

    उपचार विधिमा साइनोएक्रिलेट नामक मेडिकल ग्रेडको एढ़ीशिभको प्रयोग गरिन्छ, यस उपचार विधिलाई इन्डोस्कोपिक साइनोएक्रिलेट इन्जेक्सन पनि भनिने डा मोहन भुसालले जानकारी दिए । उपचार बिधिको प्रयोगबाट आमशयमा बनेका भेरिसेजहरुबाट रगत बग्न बन्द गर्ने गरिन्छ , यो भरपर्दो पचार बिधि हो समेत रहेको चिकित्सक भुषालको भनाई छ ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा निदान गर्न निजी संस्थाको रुपमा ग्याष्ट्रो सेन्टर प्रालि स्थापना गरिएको थियो । काठमाडौं शिक्षण अस्पतालबाट विज्ञता प्राप्त गरेका डा. मोहन भुसालको सक्रियतामा यो संस्थाको स्थापना गरिएको हो ।

    डा. भुसाल वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ हुन् । यस क्षेत्रका बिरामीलाई पेट आन्द्रा तथा कलेजो रोगको उपचार तथा निदान गर्न अव बाहिर जानु नपर्ने डा .भुसाल बताउँछन् । ग्यास्ट्रो सेन्टरमा फाइब्रोस्क्यान सेवा समेत उपलव्ध रहेको छ । यसले कलेजोको कडापन मापन गर्नुका साथै लिभर फाब्रोसिस, सिरोसिसको निदानमा सहयोग गर्दछ ।

    त्यस्तै हेपाटाइटिस, फ्याट्टी लिभर अल्कोहोलिक लिभर डिजिज-लिभर इन्जाइम बढेका बिरामीहरुको अवस्थाबारे जानकारी गराउँछ ।त्यस्तै फाइब्रोस्क्यानले लिभर बायोप्सीबिना नै लिभर ड्यामेज भएको छ छैन भनेर पत्ता लगाउँछ ।केही समय पहिला स्थापना भएको ग्याष्ट्रो सेन्टर प्रालि बुटवलमा यो विधिबाट उपचार गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology