बुटवल,मङ्सिर २६ ।
हीरक जयन्ती मनाएरहेको उजिर सिंह माबिले मंगलबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ।
नेपाल युवा रेडक्रस सर्कल, उजिर सिह शाखाको संयोजनमा भएको कार्यक्रमको लुम्बिनी प्रदेशका सभा सदस्य जमुना ढकालले समुद्घाटन गर्दै युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने गरि रचनात्मक काम भएको बताईन ।
स्वरोजगारमुलक शिक्षा दिएर युवाहरुलाई देशमै रोक्ने गरि योजना आजको आवश्यकता भएको भन्दै उनले यसका लागि सरोकारवालाहरु लाग्नुपर्ने बताईन ।
सबै क्षेत्रको विकासको आधार शिक्षा भएको भन्दै उनले शैक्षिक पुर्वाधार विकास र दक्षता बढाउने गरि कार्यक्रमहरुमा आफु लाग्ने बताईन । ‘सबै राजनितिक दलहरु शैक्षिक विकासको मुद्दामा एक हुनुपर्छ ।’—उनले भनिन । विद्यालयको पुर्वाधार विकासको लागि आफू प्रदेश सरकारबाट सहयोग जुटाउन पहल गर्ने प्रतिवद्घता गरिन ।
कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार टेक बहादुर थापाले हीरक समारोह मनाउदै गर्दा नया सन्ततीहरुलाई यो सामरिक स्थलको पहिचान बुझाउने गरि कार्यक्रम गर्न लागेको बताए । बुटवलको जितगढी र उजिरसिहको बारेमा प्रकाश पार्दै सामरिक पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए । खोजअध्ययनको केन्द्रका रुपमा यो क्षेत्रलाई विकास गरि गन्तव्यका रुपमा समेत रहेको उनले बताए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले रक्तदानको महत्व बुझाउदै यसको संकलन, वितरण र खपतको बारे प्रकाश पारेका थिए। विद्यालयको हीरक समारोहसम्म आईपुग्दा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुगेको उनले बताए ।
कार्यक्रममा मणिमुकुन्द रेडक्रस सोसाइटीका सभापती सुहा बहादुर नेपाली, बुटवल मेडिकल कलेजका उपसचिव मान बहादुर घिमिरे, नेरेसोउजिसिह माबिका संरक्षक तथा प्रधानाध्यापक पदमराज ज्ञवाली, वडा नं २ का वडासदस्य गौतमलाल शाक्य, शिक्षिका ङगी गुरुङले साना साना पहलबाट विद्यालयको सुधार भैरहेको बताए ।
हीरक महोत्सव अन्तरगत बुधबार जिल्ला स्तरिय भलिबल प्रतियोगिता हुने छ । कार्यक्रममा रेडक्रस सोसाइटी उजिरसिह माबि शाखाका सभापती सुनिल चौधरीले रेडक्रसको सात सिद्धान्तमा आधारित भएर युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउदै आएको बताए।
बुटवलको उजिर सिंह मावि साठी बर्षमा,हीरक जयन्तीमा विविध कार्यक्रम गर्दैनागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)