Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको देवदहमा रक्तदान कार्यक्रम,५५ पिन्ट रगत संकलन

रुपन्देहीको देवदहमा रक्तदान कार्यक्रम,५५ पिन्ट रगत संकलन

  • 2.4K
    SHARES

  • रुपन्देहीको देवदहमा रक्तदान कार्यक्रम,५५ पिन्ट रगत संकलन

    केशव पराजुली/देवदह,पुस ४ - 

    रुपन्देहीको देवदहमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान महादान भन्ने मुलनाराका साथ संघार समुह भलुही र टिम नेपो देवदहको संयूक्त आयोजनामा देवदह ९ भलुहीमा रगत अभावलाई मध्य नजर गर्दै उक्त कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले युवाहरु शक्तिको पुजारी नभई आर्दशको पुजारी हुन जरुरी रहेको बताउनु भएको थियो । संघार समुह भलुहीका अध्यक्ष मोहन जिसीेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खत्रीले रक्तदान कार्यक्रमले जातीय छुवाछुतको समेत अन्त्य गर्न मद्धत गरेको बताउनुभयाे ।

    उक्त कार्यक्रमम ५५पिन्ट रगत संकलन भएको रक्तदान कार्यक्रमका प्राविधिक तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार कार्यालय बुटवलकी प्राविधिक रचना कुमालले जानकारी दिनुभएको छ ।

    “मन मस्तिष्कमा समझदारी हृदयमा ईमान्दारी काँधमा जिम्मेवारी” भन्ने नाराका साथ संघार समुह देवदहले २०६२ साल देखि निरन्तर रक्तदान कार्यक्रम गर्दै आईरहेको उक्त कार्यक्रमका संयोजक विष्णु पराजुलीले जानकारी गराउनुभयो ।blood devdaha.jpg

    रक्त संचार केन्द्र बुटवलको सहयोगमा भएको कार्यक्रमको संचालन टिम नेपोका देवदह अध्यक्ष हस्मुल्लाह खाँनको संचालनमा भएको थियो भने कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष केशव प्रसाद भट्टराई,टिम नेपोका लुम्बिनी प्रदेश संयोजक अशोक गौतम, देवदह मेडिकल कलेजका विक्रम ज्ञवाली तथा कृष्ण पराजुली,वडा नं१० का वडा सदस्य अमर लामिछाने, प्रेम नारायण भुषाल, लगायतको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology