Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाण्डवखानी माध्यमिक विद्यालयको हीरक जयन्ती महोत्सवको तयारी तीब्र

पाण्डवखानी माध्यमिक विद्यालयको हीरक जयन्ती महोत्सवको तयारी तीब्र

  • 1.1K
    SHARES

  • पाण्डवखानी माध्यमिक विद्यालयको हीरक जयन्ती महोत्सवको तयारी तीब्र

    कौरव खत्री / बागलुङ,मंसिर ३ ।

    पाण्डवखानी माध्यमिक विद्यालय गलकोट नगरपालिका १० पाण्डवखानी बागलुङले आफ्नो ६० औँ वर्ष पुरा गरेको अवसरमा मनाउन लागेको हीरक जयन्ती महोत्सवको तैयारी तीब्र पारेको छ ।

    विद्यालयले यही मसिंर २९ गतेदेखि पौष ३ गतेसम्म विविध कार्यक्रम सहित हीरक जयन्ती महोत्सव मनाउँदै छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र प्राविधिक शिक्षा सहित उच्च शिक्षाको जग बसाल्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनार नविनले जानकारी दिनुभयो ।

    महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारीका कामहरु धमाधम अगाडी बढिरहेको उहाँको भनाई छ । पूर्व विद्यार्थीहरुबीच सम्पर्क गर्ने, प्रचारप्रसार सहित अन्य आन्तरिक तयारीका कामहरु तीब्र रुपमा अगाडी बढेको उहाँको भनाई छ ।

    महोत्सवको लक्ष्यलाई पूरा गर्न पूर्व विद्यार्थीहरू र समस्त दाता महानुभावहरूलाई सक्दो आर्थिक दान गर्न आह्वान गर्ने निणर्य गरिएको विद्यालयका संरक्षक निरज पुनले जानकारी दिनुभयो ।

    मंसीर २९ र ३० गते दुई दिन विद्यालयले विद्यार्थीहरू बिचमा आन्तरिक कार्यक्रमहरू गर्ने र पुष १ गतेदेखि ३ गतेसम्म ओैपचारक कार्यक्रम हुने र दानवीरहरुलाई सम्मान गर्ने कार्यक्रम रहने उहाँले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology