Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा रक्तदान गरेर भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

बुटवलमा रक्तदान गरेर भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

  • 1.6K
    SHARES

  • बुटवलमा रक्तदान गरेर भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

    बुटवल,कार्तिक १८ ।

    भूकम्प प्रभावित क्षेत्रमा रगत पठाउन बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । लालटिन बहुउद्देश्य सहकारी संस्थाले शनिबार बुटवलमा रक्तदान गरेको हो । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।

    भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम रगत पठाउने उद्वेश्यले रक्तदान गरिएको लालटिन बहुउद्वेश्य सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बताउनुभयो ।

    रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । जम्मा भएको रगत रक्तसञ्चार सेवा केन्द्र बुटवलमा जम्मा गरिने छ । आवश्यक अनुसार जम्मा भएको रगत आजै भुकम्प प्रभावित जाजरकोट, रुकुम पठाइएको छ ।

    रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको र आवश्यक अनुसार खाद्यान्न र केही आर्थिक सहयोग समेत  गरिने सहकारीका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology