बुटवल,पुस २ -
प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पत्रकार महासंघलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
विहिबार एक समारोहका बिच ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदी, रुपन्देही शाखा प्रमुख प्रकाश अधिकारीले महासंघका अध्यक्ष यानेन्द्र जिसिलाई सुरक्षा कीट हस्तान्तरण गरेका हुन ।
महासंघका अध्यक्ष यानेन्द्र जिसिले सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा संस्थागत रुपमा अघि बढ्ने समेत बताए । ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदीले ईन्स्योरेन्स संस्थाको जन्म नै सामाजिक उत्तरदायित्वबाट हुने धारणा राखे ।
अझै पनि केही ईन्स्योरेन्स कम्पनीहरु सिक्ने क्रममा समेत रहेका भन्दै कमी कमजोरी औलाउदै सच्चिदै अगाडी बढ्नुपर्ने बताए । ईन्स्योरेन्सका प्रदेशमा १० वटा शाखामार्फत सेवा दिदै आएको उनले बताए । जसमा २७ सय बढि बिमितहरु रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)