Logo बिहिवार, आश्विन १ गते २०८३
images

दीपमा कम्प्युटर विषयको परीक्षा पेपरलेस

दीपमा कम्प्युटर विषयको परीक्षा पेपरलेस

  • 1.2K
    SHARES

  • दीपमा कम्प्युटर विषयको परीक्षा पेपरलेस

    बुटवल,कात्तिक ३ । 

    बुटवलको दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यालयले प्रथम त्रैमासिक परीक्षा अन्तर्गत कक्षा ९ का विद्यार्थीको कम्प्युटर विषयको परीक्षा पेपरलेस गरिएको हो ।

    विद्यार्थीलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो । विद्यालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा सुपेरीवेक्षकसहित सिसी क्यामेराबाट निगरानी गरेको थियो । विद्यार्थीलाई व्यवहारिक र वास्तविक प्रविधिमैत्री बनाउन दोस्रोपटक पेपरलेसपरीक्षा सञ्चालन गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए । प्रविधिमैत्री परीक्षालाई वयवस्थित गरी अन्य विषयहरुको पनि प्रविधिमैत्री परीक्षा गरिने प्राचार्य न्यौपानले  बताए ।

    सधै कापीका पानामा परीक्षा दिइरहेको अवस्थामा कम्प्युटरमै टाइप गरेर परीक्षा दिन पाउंदा नौलो नयां अनुभूति भएको विद्यार्थीको भनाइ छ ।परीक्षामा कक्षा ९ का १ सय ५० जना विद्यार्थीको सहभागीता रहेको शिक्षक पुरुषोतम पाण्डेले जानकारी गराएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology